काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ७५.३३ अंकले बढेको छ । सोमबार २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको नेप्से आज ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको हो ।
मंगलबार कारोबारमा आएका २४२ कम्पनीमध्ये २२० वटाको शेयरमूल्य बढेको छ । २० कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज सबैको सूचक बढेका छन् ।
आज ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल, समृद्धि फाइनान्स कम्पनी, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङ कम्पनी र साहस उर्जा रहेका छन् ।
आज ३ करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ ।



