images
images

२ अंकले बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब ९१ करोड


  • 338
    SHARES
  • २०८१ श्रावण ७ गते सोमबार

    २ अंकले बढ्यो नेप्से, कारोबार रकम १३ अर्ब ९१ करोड

    काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २.१५ अंकले बढेको छ । आइतबार ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेको नेप्से आज २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको हो ।

    बुधबार कारोबारमा आएका २४२ कम्पनीमध्ये ११५ वटाको शेयरमूल्य बढेको छ । १२१ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज बैंकिङ उपसूचक, विकास बैंक, होटल एण्ड टुरिजम, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र निर्जिवन बिमाबाहेक अन्य उपसमूहको सूचक बढेका छन् । 

    आज मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    आज ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १३ अर्ब ९१ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । 


    images
    images

    Logo