images
images

६१ अंकले बढ्यो नेप्से, कारोबार रकम १५ अर्ब २३ करोडमाथि


  • 395
    SHARES
  • २०८१ श्रावण ६ गते आइतबार

    ६१ अंकले बढ्यो नेप्से, कारोबार रकम १५ अर्ब २३ करोडमाथि

    काठमाडौं । आइतबार शेयर बजार बढेर बन्द भएको छ ।  गत साताको मंगलबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अंकले बढेर २ हजार ४ सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको १५ अर्ब २३ करोड रुपैयाँ बराबरको ४१ करोड १९ लाख कित्ता शेयर किनेबच भएको छ ।  गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियाे ।

    आज कारोबारमा आएका १ सय ८१ कम्पनीको शेयर मूल्य बढेको छ । ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको कुमारी बैंकको २७ करोड माथि शेयर कारोबार भएको छ ।

    आइतबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्त रहेका छन् । त्यस्तै, हिमालयन बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने गणपति लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले शेयर मुल्य बढेको छ । 

     


    images
    images

    Logo