images
images

साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्दै हिमालय उर्जा


  • 377
    SHARES
  • २०८१ श्रावण ६ गते आइतबार

    साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्दै हिमालय उर्जा

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको २०७९ बैशाख ३ गते संस्थापक शेयरको कारोबार रोक्का (लक इन पिरियड) समाप्त भई संस्थापक शेयर साधारण शेयर सरह कारोबार भइरहेको छ।


    images
    images

    Logo