images
images

सातामा २१९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 446
    SHARES
  • २०८१ श्रावण ५ गते शनिबार

    सातामा २१९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २१९.७१ अंक बढेर २ हजार ४ सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नै नेप्से परिसूचक उच्च अंक बढेको थियो भने एक कारोबार दिन सामान्य अंकको करेक्सन भएको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन देखिएको थियो।

    नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता १० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ४९ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

    यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १३.९९ प्रतिशत बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सबैभन्दा कम ४ प्रतिशत बढेको छ।

    साताको पहिलो दिन आइतबार नेप्से ५९.९७ अंकले बढेर २ हजार २ सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । सो दिन ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से १७.१८ अंकले घटेर ३ हजार २ सय ४० दशमलव ४१ विन्दुमा पुगेको छ । सो दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार ७०.१८ अंकंले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ । सो दिन ९ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यसैगरि, बुधबार ५४.०४ अंकले बढेर २ हजार ३ सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । सो दिन १२ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  

    साताको अन्तिम दिन विहीबार ५९.६८ अंकले बढेर २ हजार ४ सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ । सो दिन १५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  

    नयाँ सरकार गठनसँगै शेयर बजारमा पनि उत्साह छाएको छ। अर्थमन्त्रीमा लगानीकर्ताहरुले रुचाएका विष्णु पौडेलको आगमनले लगानीकर्ताहरुको मनोबल बढाएको छ। त्यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीति पनि पूँजीबजार मैत्री हुने अपेक्षाले पनि यस साताको बजार उच्च दरमा बढेको हो।


    images
    images

    Logo