images
images

५९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १५ अर्ब नाघ्यो


  • 367
    SHARES
  • २०८१ श्रावण ३ गते बिहीबार

    ५९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १५ अर्ब नाघ्यो

    काठमाडौं । साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अंकले बढेर २ हजार ४ सय ४२ दशमलव ३२ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको ३ करोड ९९ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेर छ । बुधबार १२ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार १ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ । ९५ कमपनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्यमा स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज कारोबारमा आएका ५ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo