काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरवीबी मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले सर्वसाधारणतर्फको ६लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्ने छ । कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९÷८० को वोनस शेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको शेयर एफपीओको माध्यमबाट जारी गर्नको लागेको बताएको छ ।



