images
images

सिद्धार्थ हस्पिटालिटीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • 329
    SHARES
  • २०८१ श्रावण १ गते मंगलबार

    सिद्धार्थ हस्पिटालिटीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं। सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    सो सम्बन्धी सम्झौतापत्रमा मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रूप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    सो अवसरमा अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने बताए । उनका अनुसार कुल जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरिनेछ ।

    सिद्धार्थ ग्रूप अन्तर्गतको उक्त कम्पनीले काठमाडौंको बौद्धस्थित चारतारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवामा पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चाल गरिरहेको छ ।

    सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।


    images
    images

    Logo