काठमाडौं । सोमबार शेयर बजार घघ्टेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१८ अंकले घटेर २ हजार २ सय ४० दशमलव ४१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिनको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो। यस अघि गत माघ ३ गते ९ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको थियो।
आज कारोबारमा आएका ५६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सिभिल बैंकको डिवेन्चर रहेको छ । त्यस्तै, माण्डु हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।



