images
images

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ७४ करोड


  • 412
    SHARES
  • २०८१ आषाढ २६ गते बुधबार

    लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ७४ करोड

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको १ करोढ ५२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५३ करोडको शेयर खरिदबिक्री कारोबार भएको थियो । 

    बुधबार कारोबारमा आएका १ सय ८३ कम्पनीको शेयर मूल्य बढेको छ । ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भन एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक यस दिन १.५४ प्रतिशत बढेको छ भने वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

    आज सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन बलेफी हाइइड्रोपावरको शेयरमा सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।


    images
    images

    Logo