images
images

होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल


  • 384
    SHARES
  • २०८१ आषाढ २४ गते सोमबार

    होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं ।  होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । 

    गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष निराजन थापाले बताए ।

    काठमाडौंको बुढानिलकण्ठ ६,गणेश चौकमा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको “रिजेन्टा प्लेस” ब्राण्डले गर्दै आएको छ ।

    रोयल अर्किड होटल ब्राण्ड अन्तर्गत ४८ भन्दा बढी स्थानहरुमा १ सयभन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्। नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएका होटलमध्ये होटल सब्रिना पहिलो हो ।


    images
    images

    Logo