images
images

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 280
    SHARES
  • २०८१ आषाढ २४ गते सोमबार

    नेप्सेसँगै घट्यो कारोबार रकम

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको सोमबारदेखि बढेको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६२ अंकले घटेर २ हजार १ सय ३६ दशमलव ३५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २४ स्क्रिपको ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमाबर कारोबारमा आएका ९५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo