images
images

लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब


  • 585
    SHARES
  • २०८१ आषाढ २३ गते आइतबार

    लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब

    काठमाडौं । आइतबार शेयर बजार बढेर बन्द भएको छ । गत साताको सोमबारदेखि बढेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अंकले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ६ अर्ब २९ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार कारोबारमा आएका १ सय ५० कम्पनीको शेयर मूल्य बढेको छ । ८२ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मुल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार  सिइडिबी हाइड्रोपावरको शेयर मुल्य ५.२५ प्रतिशतले बढेको छ भने  नेशनल लघुवित्तको शेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको शेयर मुल्य ५.०५ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo