images
images

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने


  • 384
    SHARES
  • २०८१ आषाढ २१ गते शुक्रबार

    मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने

    काठमाडौं ।  मैलुङखोला जलविद्युत कम्पनीको ‘लक इन’ अवधि आगामी साउन २६ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

    लकइन अवधि सकिएपछि  कम्पनीका संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लकइन’ अवधि साउन २६ गते सकिन लागेको हो । 

    होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

    कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक शेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको शेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको शेयर ‘लकइन’ मा रहेको छ ।

    कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारी समेत) मा आईपीओ बिक्री खुला गरी साउन २६ गते शेयर बाँडफाँट गरेको थियो । 

    उक्त मितिबाट तीन वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर ‘लकइन’मा राख्नुपर्ने व्यवस्था छ ।


    images
    images

    Logo