images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 414
    SHARES
  • २०८१ आषाढ १९ गते बुधबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा नागरिक लगानी कोष र हिमालय ऊर्जा विकास कम्पनी रहेका छन् । 

    नागरिक लगानी कोषले १४ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ८ सय ७३ दशमलव ६८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार १ सय ३६ रुपैयाँमा भएको थियो ।

    त्यस्तै, हिमालय ऊर्जा विकास कम्पनीले १०० प्रतिशत हकप्रद शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ८४ दशमलव ५० रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार २ सय ६९ रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ । 


    images
    images

    Logo