images
images

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


  • 308
    SHARES
  • २०८१ आषाढ १९ गते बुधबार

    प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
     
    बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा एनआईसी एशिया क्यापिटल र प्रभु इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

    प्रभु इन्स्योरेन्स नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन ८३ करोड ५० लाख १३ हजार ५ सय ४४ रुपैयाँ हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १ सय ३५.४४ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

     


    images
    images

    Logo