काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अंकले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ५ अर्ब ८ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबार करोबारमा आएका १ सय १ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३६ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ ।
बुधबार दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण फाइनान्स र व्यापार उपसमूहका कम्पनीहरुमा देखिएको छ। यी दुबै उपसमूहको परिसूचक यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक यस दिन ६.०४ प्रतिशत बढेको छ। विकास बैंक उपसमूहको परिसूचक भने यस दिन २.७१ प्रतिशत बढेको छ। यस दिन घटेका ८ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज काराबोरमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन् । गुहेश्वरी फाइनान्सको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।



