images
images

१६ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 373
    SHARES
  • २०८१ आषाढ १७ गते सोमबार

    १६ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अंकले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २३ स्क्रिपको २ अर्ब ९९ करोड रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ । ६० कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य घटेको छ । 

    यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक बढेसँगै नेप्से बढ्न पुगेको हो। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज हिमालयन उर्जा विकास कम्पनीको शेयर मुल्य ९.७४ प्रतिशतले बढेको छ । दोर्दी खोला जलविद्युतको शेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.५२ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo