images
images

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


  • 359
    SHARES
  • २०८१ आषाढ १६ गते आइतबार

    एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको हो । 

    बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

    जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

    १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।

    उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

     

     

     


    images
    images

    Logo