images
images

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ६० करोड


  • 325
    SHARES
  • २०८१ आषाढ १६ गते आइतबार

    लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ६० करोड

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएकोे छ । गत साताको बुधबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अंकले घटेर २ हजार २७ दशमलव ९ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २० स्क्रिपको  ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको थियो । 

     आइतबार ४९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ८८ लाख रुपैयााको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । मैलुङ खोला हाइड्रोपावरको शेयर मुल्य ५.७६ प्रतिशतले बढेको छ भने  नविल ब्यालेन्स फण्ड २ को शेयर मुल्य ५.३६ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo