काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३३ स्क्रिपको ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको ८९ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका ४७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।२३ प्रतिशत घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि– इन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १२ करोडको शेयर कारोबार भएको छ ।
विहीबार कारोबारमा आएको त्रिशुली जलविद्युतको शेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ । महालक्ष्मी डिबेञ्चरको शेयर मूल्य ६ प्रतिशतले बढेको छ । कृषि विकास बैंक डिबेञ्चरका इकाईधनीले ५.७७ प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युतको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।



