images
images

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति, भर्नलाई ४१ हजार रुपैयाँ चाहिने


  • 554
    SHARES
  • २०८१ आषाढ १३ गते बिहीबार

    रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति, भर्नलाई ४१ हजार रुपैयाँ चाहिने

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति पाएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङको लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरको लागि आवेदन गर्नुपर्ने हुँदा सो रकम आवश्यक पर्ने भएको हो ।

    बुक बिल्डिङ विधि अनुसार आइपीओ निष्काशन हुँदा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्छ भने शेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्छ ।

    रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर निष्काशन गर्नेछ । रिलायन्सको शेयर ओभर सब्स्क्राइब भएमा ५० कित्ताको दरले गोलाप्रथाद्वारा अधिकतम २३ हजार १ सय १९ जनाले मात्रै शेयर प्राप्त गर्न सक्नेछन् । अन्डर सब्स्क्राइब भएमा भने आवेदनकर्ताले ५० कित्ताभन्दा बढी पनि शेयर पार्न सक्नेछन् । कम्पनीले ८ सय २० रुपैयाँ ८० पैसा प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९ सय ६८ रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

    रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँट गरिसकेको छ। गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो। त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो। बुक बिल्डिङ विधि अनुसार योग्य स‍ंस्थागत लगानीकर्ताले पाएको कट अफ प्राइसको १० प्रतिशत डिस्काउन्टमा सर्वसाधारणले शेयर पाउने प्रावधान छ । स‍ंस्थागत लगानीकर्ताको कट अफ प्राइस ९ सय १२ रुपैयाँमा १० प्रतिशत घटाउँदा कायम हुन आएको ८ सय २० रुपैयाँ ८० पैसा प्रति कित्तामा रिलायन्स स्पिनिङले सर्वसाधारणलाई शेयर जारी  गर्नेछ ।

    कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६ सय कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो।


    images
    images

    Logo