images
images

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 309
    SHARES
  • २०८१ आषाढ १२ गते बुधबार

    नेप्सेसँगै घट्यो कारोबार रकम

    काठमाडौं ।  आज शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अंकले घटेर २ हजार ६० दशमलव १६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ४ अर्ब ५ करोड रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १८ करोडको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका ५७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८६ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ। घटेर अरु उपसमूहहरुको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    बुधबार नेपाल फाइनान्सको शेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । यस्तै, शिवश्री हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। 


    images
    images

    Logo