काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख मूल्य बराबरको यार्चागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ को साउन देखि जेठसम्ममा ६४ कारोड २२ लाख ७८ हजार रुपैयाँ बराबर मूल्यमा १ हजार ३१३ किलो यार्चागुम्बा नेपालबाट निर्यात भएको हो ।
भन्सार विभागका अनुसार हङकङ, कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ । सबैभन्दा धेरै चीनमा ५७१ किलो यार्चागुम्बा निर्यात भएको छ । त्यस्तै, हङकङमा ४१५ किलो यार्चा निर्यात भएको छ ।
वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो ।