काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १९ स्क्रिपको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय ५१ कम्पनीको शेयर मूल्य बढेको छ । ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ। यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १ कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा ग्लोबल आइएमई बैंक ऋणपत्र रहेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ।



