काठमाडौं । नेप्सेले साताको पहिलो दिन आइतबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । विहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३७ अंकले घटेर २ हजार ६२ दशमलव ९४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ८७ करोडको शेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका ७८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६४ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशत बढेको छ। यस उपसमूहको परिसूचक पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।.२३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त र मैलुङ खोला जलविद्युत रहेका छन् । त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



