काठमाडौं । एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । विहीबार आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस बापतको ६२ हजार ३ सय ३८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।