काठमाडौं । शेयर बजारमा बृद्धि एक दिन पनि टिकेन सकेको छैन । गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, हिजो अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको थियो। तर, नेप्सेले यस दिन सोही क्रमलाई निरन्तरता दिन भने सकेन।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अंकले बढेर २ हजार ६८ दशमलव ३१ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन विहीबार कारोबारमा आएका ३ सय ६ स्क्रिपको ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४० करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। यस दिन घटेका उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आज कारोबारमा आएका ५२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै माउन्टेन इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबीको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार कालिका लघुवित्तको शेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावरको शेयर मूल्य ६.६३ प्रतिशतले बढेको छ ।



