images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 320
    SHARES
  • २०८१ आषाढ ५ गते बुधबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अंकले बढेर २ हजार ७८ दशमलव ७६ विन्दुमा पुगेको छ । 

    बुधबार कारोबारमा आएका ३ सय ८ स्क्रिपको ३ अर्ब ४० करोड रुपैयाँ बराबरको ७२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका १ सय ३५ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। 

    बुधबार सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन नेपाल फाइनान्सको शेयर सर्किट लागेको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 

     


    images
    images

    Logo