काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जारी पूँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४ सय कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।