images
images

१७ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ४७ करोड


  • 315
    SHARES
  • २०८१ आषाढ २ गते आइतबार

    १७ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ४७ करोड

    काठमाडौं । आइतबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अंकले बढेर २ हजार ९५ दशमलव २५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ अर्ब ४४ करोडको शेयर किनबेच भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन होटल तथा पयर्टन उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आइतबार कारोबारमा आएका ६४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार एककम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेपाल फाइनान्स रहेको छ । त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।  

     

     


    images
    images

    Logo