काठमाडौं । नेप्सेले बुधबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको छ । गत सोमबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अंकले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको १ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय १९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रशित बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने यस दिन १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रको २४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, साधना लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने ग्रिन लाइफ हाइड्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।



