images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ४९ करोड


  • 539
    SHARES
  • २०८१ जेठ २८ गते सोमबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ४९ करोड

    काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अंकले बढेर २ हजार ८२ दशमलव ९ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर कनिबेच भएको छ । 

    आज कारोबारमा आएका १ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ । ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएका थियो । सोमबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ जुनमा म्युचुअल फण्ड उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरै घटेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनी रहेका छन् । पिपुल्स पावरको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने मोलुङ हाइड्रोपावरको शेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo