काठमाडौं । आइतबार पनि नेप्सेमा गिरावट आएको छ । गत साताको बुधबार ५.५८ अंक र बिहीबार १.९३ अंकले घटेको नेप्से आज थप ४.४९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो ।
आइतबारबार कारोबारमा आएका २४७ कम्पनीमध्ये ९७ वटाको शेयरमूल्य बढेको छ । १४७ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज होटल एण्ड टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र अन्य उपसूचकबाहेक उपसमूहको सूचक घटेका छन् ।
आज ५ कम्पनीके शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा इस्टर्न हाइड्रोपावर, शुभम् पावर लिमिटेड, सिटि होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर रहेका छन् । आज बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज १ करोड ४ लाख ५२ हजार कित्ता शेयर ५ अर्ब १८ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ ।



