images
images

५ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ९२ करोड


  • 301
    SHARES
  • २०८१ जेठ २३ गते बुधबार

    ५ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ९२ करोड

    काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ५.५८ अंकले घटेको छ । मंगलबार ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको नेप्से आज ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा पुगेको हो । 

    बुधबार कारोबारमा आएका २४७ कम्पनीमध्ये ८३ वटाको शेयरमूल्य बढेको छ । १५८ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज फाइनान्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक अन्य उपसमूहको सूचक घटेका छन् । 

    आज भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । 

    आज ८० लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ९२ लाख बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । 


    images
    images

    Logo