images
images

६ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८ करोड


  • 395
    SHARES
  • २०८१ जेठ २२ गते मंगलबार

    ६ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८ करोड

    काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अंकले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ४ अर्ब ८ करोड रुपैयाँ बरुाबरको ८३ लाख ५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बको शेयर कारोबार भएको थियो । 

    मंगलबार १ सय २५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगबार १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सकिृट लागेको छ । यसरी सर्किट लाग्नेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। 

     


    images
    images

    Logo