images
images

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब


  • 365
    SHARES
  • २०८१ जेठ २१ गते सोमबार

    सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब

    काठमाडौं ।  नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३.९७ अंकले घटेको छ । आइतबार १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा पुगेको नेप्से आज ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा पुगेको हो । 

    सोमबार कारोबारमा आएका २४७ कम्पनीमध्ये ११० वटाको शेयरमूल्य बढेको छ । १२९ कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज माइक्रोफाइनान्सबाहेक अन्य उपसमूहको सूचक घटेका छन् । 

    आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ । एनआईबीएल स्टेबल फन्डको मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । 

    साताको दोस्रो दिन ८८ लाख २० हजार कित्ता शेयर ४ अर्ब ४० लाख बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । 


    images
    images

    Logo