काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको बोनश शेयर सूचीकृत भएको हो ।
नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनश बापत हुन आउने १५ लाख ५१ हजार ८८.१६६१ कित्ता र साल्ट ट्रेडिङको १५ प्रतिशत बोनसबापत हुन आउने ४ लाख १८ हजार ३२६.४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।