images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम, २ कम्पनीको शेयर मूल्यम सकारात्मक सर्किट


  • 408
    SHARES
  • २०८१ जेठ २० गते आइतबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम, २ कम्पनीको शेयर मूल्यम सकारात्मक सर्किट

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । गत साताको बुधबारदेखि घटेको नेप्से, आज भने बढेर बन्द भएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २ हजार ८३ दशमलव ४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । गत साताको विहीबार ४ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आइतबार कारोबारमा आएका १ सय ७४ कम्पनीको शेयर मुल्य बढेको छ । ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकिृट लाग्नेमा मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावर रहेका छन् । त्यस्तै, कालिञ्चोक दर्शनको शेयर मुल्य ८.८५ प्रतिशतले बढेको छ भने अपर सोलुको शेयर मूल्य ८.४८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo