images
images

सातामा ६१ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 392
    SHARES
  • २०८१ जेठ १९ गते शनिबार

    सातामा ६१ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से ६१.९६ अंक घटेर २ हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९३ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ८६ अर्बमा सीमित भएको छ।

    १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४० प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३७ प्रतिशत बढेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.१६ प्रतिशत घटेको छ। 

    साताको पहिलो आइतबार २२.१४ अंकले घटेर २ हजार १ सय ९ दशमलव ३४ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ३.८९ अंकले बढेर २ हजार १ सय १३ दशमलव २४ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार गणतन्त्र दिवस परेकोले सरकारले सार्वजनिक विदा दिएको थियो । सो कारणले शेयर बजार बन्द थियो । बुधबार २३.८१ अंकले घटेर २ हजार ८९ दशमलव ४२ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, साताको अन्तिम दिन विहीबार १९.८९ अंकले घटेर २ हजार ६९ दशमलव ५३ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता ५ स्टकको कुल १२ करोड १८ लाख ७७ हजार २ सय ४२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता कालिका पावर, एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने रसुवागढी हाइड्रोपावरको थप शेयर सूचीकृत भएको हो। त्यस्तै, यस साता नबिल स्टेबल फण्डको इकाई पनि नेप्सेमा सूचीकृत भएको छ।


    images
    images

    Logo