images
images

लगातार दोस्रो दिन पनि घट्यो नेप्से, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 354
    SHARES
  • २०८१ जेठ १७ गते बिहीबार

    लगातार दोस्रो दिन पनि घट्यो नेप्से, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) बिहीबार पनि घटेको छ । बुधबार २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा पुगेको नेप्से आज थप १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४७ कम्पनीमध्ये ७० वटाको शेयरमूल्य बढेको छ । १७३ कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेक अन्य उपसमूहको सूचक घटेका छन् । 

    आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवति हाइड्रोपावर रहेका छन् । 

    बिहीबार ९८ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब २१ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । 


    images
    images

    Logo