काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा एनएलजी इस्योरेन्स र स्वरोजगार लघुवित्त रहेका छन् ।
बुधबार एनएलजी इस्योरेन्सको ५.५० प्रतिशत बोनस बापतको ८ लाख २ हजार ६ सय १ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस बापतको ४ लाख ३९ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।