images
images

आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब, चालू खर्चका लागि ११ खर्ब विनियोजन (पूर्ण पाठ)


  • 439
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब, चालू खर्चका लागि ११ खर्ब विनियोजन (पूर्ण पाठ)

    काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोबारे जानकारी गराएका हुन् । 

    सरकारले आगामी आर्थिक वर्षमा चालू खर्चका लागि ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकम आगामी आवको कुल बजेटको ६१.३१ प्रतिशत हो । 

    त्यस्तै, पुँजीगत खर्चका लागि सरकारले कुल बजेटको १८.९७ प्रतिशत अर्थात् ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वित्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम आगामी आर्थिक वर्षको कुल बजेटको १९.७४ प्रतिशतले बढी हो । 

    सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय सरकारतर्फ वित्तीय हस्तान्तरणका लागि ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

    आम्दानी तर्फ आगामी आर्थिक वर्षमा सरकारले १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, वैदेशिक अनुदान मार्फत् ५२ अर्ब ३३ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । त्यति रकम जम्मा हुँदा विनियोजन गरिएको बजेट ‘ब्यालेन्स’ का लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ अपुग हुने अर्थमन्त्री पुनले बताएका छन् । सो ब्यालेन्सका लागि सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने उनले बताएका छन् । 



    images
    images

    Logo