images
images

२२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स


  • 2.2K
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । 

    शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो, जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेकोछ । 


    images
    images

    Logo