images
images

सामान्य अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 411
    SHARES
  • २०८१ जेठ १४ गते सोमबार

    सामान्य अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । सोमबार नेप्से ३.९३ अंकले बढेको छ । आइतबार २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको नेप्से आज बढेर २११३.२७ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४७ कम्पनीमध्ये १४९ वटाको शेयरमूल्य बढेको छ । ९० कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज बैंकिङ सबइन्डेक्स, होटेल एण्ड टुरिजम इन्डेक्स र नन लाइफ इन्स्योरेन्सबाहेक अन्य उपसमूहको सूचक बढेका छन् । 

    आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । 

    सोमबार ९३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब ८९ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । 


    images
    images

    Logo