काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार घटेर बन्द भएको छ । निरन्तर ५ कारोबारका दिन बढेको नेप्से आज २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको हो ।
गत साताको सबै कारोबारका दिन नेप्से परिसूचक बढेको थियो । त्यसपूर्व पनि अन्तिम कारोबारका दिन नेप्से बढेर नै बन्द भएको थियो । उक्त दिन नेप्से २०१८.७६ विन्दुमा बन्द भएको थियो । त्यसयता गत साताको अन्तिम कारोबारका दिनसम्म ११२.७३ अंकले बढेर २१३१.४९ विन्दुमा पुगेको थियो ।
आज कारोबारमा आएका २४७ कम्पनीहरुमध्ये २९ वटाको शेयरमूल्य बढेको, २१५ कम्पनीको घटेको र ३ कम्पनीको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहहरुमध्ये आज होटेल एण्ड टुरिजम र म्युचुअल फन्डबाहेक अन्य उपसमूहको सूचक घटेको छ ।
आइतबार कारोबारमा आएका मध्ये एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड रहेको छ ।
आज १ करोड १० लाख ४४ हजार हजार कित्ता शेयर ४ अर्ब ४४ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ ।



