images
images

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने


  • 311
    SHARES
  • २०८१ जेठ ११ गते शुक्रबार

    युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी पुर्‍याउन १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    नियामक निकाय बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म साढे २ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था गरिएको छ ।

    हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

     

     


    images
    images

    Logo