images
images

लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो


  • 443
    SHARES
  • २०८१ जेठ ९ गते बुधबार

    लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्लो ४ कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेर २ हजार १ सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्त्रिपको ५ अर्ब ८६ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

    आज कारोबारमा आएका ८१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६१ कम्पनीको शेयर मुल्य घटेको छ भने ४९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सामुदायिक लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावर रहेका छन् ।  एनएमबि लघुवित्तको शेयर मुल्य ८.४७ प्रतिशतले बढेको छ।


    images
    images

    Logo