images
images

लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 395
    SHARES
  • २०८१ जेठ ८ गते मंगलबार

    लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९४ अकले बढेर २ हजार १ सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ५ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार १ सय ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४३ कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कालिका पावर कम्पनीको १२ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने इष्र्टन हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त र मध्य भोटेकोशी जलविद्युतको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 


    images
    images

    Logo