काठमाडौं । सोमबार नेप्से परिसुचक बढेर बन्द भएको छ । गत साताको विहीबारदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अंकले बढेर २ हजार ९२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख कित्ता शेयर किनबेच भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सामुदायिक लघुवित्त, वुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर रहेका छन् । त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावरको शेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको शेयर मूल्य ९.०६ प्रतिशतले बढेको छ ।



